काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९६६.९६ रुपैयाँको कुल १६.२० प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १ करोड ८७ लाख ८२ हजार ०७८.८५ कित्ता बोनस सेयर र ३.२० प्रतिशतले हुन आउने ४६ करोड २३ लाख २८ हजार ९४.९४ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19