काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले मंसिरको तुलनामा करिब १३ प्रतिशतले ब्याजदर घटाएको छ । 

बैंकले मंसिर २५ अर्थात आजैदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर करिब १३ प्रतिशतले घटाएको हो । 

मंसिर १ गतेदेखि लागू भएको बचत तथा मुद्दति निक्षेपका अधिकांश स्किमका ब्याजदरमा निकै ठूलो परिवर्तन गरिएको छ। 

उदाहरणका लागि मंसिर १ गतेदेखि लागू भएको ब्याजदरमा ३ देखि ६ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ८.५० प्रतिशत, ६ महिनादेखि ९ महिने अवधिको ९ प्रतिशत, ९ महिनादेखि १ वर्ष अवधिको ९.५० प्रतिशत, १ देखि २ वर्ष अवधिको मुद्दति निक्षेपको ब्याजदर ९.७६ प्रतिशत, २ वर्षदेखि १० वर्ष अविधको ९.५० तथा १० वर्षभन्दा माथिको ९.५० प्रतिशत ब्याजदर तोकेको थियो । 

मंसिर ५ गतेदेखि लागू हुने नयाँ ब्याजदरमा चाहिँ व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिनाको ७ प्रतिशत, ६ महिनादेखि ९ महिने अवधिको ७.२५ प्रतिशत, ९ महिनादेखि १ वर्ष अवधिको ७.५० प्रतिशत, १ देखि २ वर्ष अवधिका लागि ८.५० प्रतिशत, २ देखि १० वर्षे अवधिका लागि ८.७५ प्रतिशत, १० वर्ष वा त्यसभन्दा माथि अवधिका लागि  ९ प्रतिशत ब्याजदर तोकिएको छ । 

बैंकले बचत खाताको अधिकतम ब्याजदर ६.६० प्रतिशत तोकेको छ । मंसिर १ गतेदेखि लागू भएको ब्याजदरअनुसार बचतमा अधिकतम ६.६०३ प्रतिशत थियो । 

कल डिपोजिटको ब्याजदर २.८०१५ सम्म रहेकोमा घटाएर २.३० प्रतिशत कायम गरिएको छ । 

बैंकले संस्थागत मुद्दति निक्षेपतर्फ ६ देखि ९ महिने अवधिका लागि ६ प्रतिशत, ९ महिनादेखि १ वर्ष अवधिका लागि  ६.५० प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ । 

मंसिर १ गतेदेखि लागू ब्याजदर भने संस्थागत मुद्दतितर्फ ६ देखि ९ महिना, ९ महिनादेखि १ वर्ष र १ वर्षभन्दा बढी अवधिका सबै स्किमका लागि ७.७६ प्रतिशत ब्याजदर तोकिएको थियो । 

एनएमबी बैंकले बचत खाताको तुलनामा रेमिटान्स खाताको ब्याजदर भने २ प्रतिशत विन्दूले बढी हुने प्रष्ट पारेको छ ।