NMB Bank Limited
काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ अर्ब ८१ करोड खूद नाफा आर्जन गरेको छ । ३७ करोड ४० लाख संभावित जोखिम व्यवस्थापनबाट राइट ब्याक गरी बैंकले नाफा १ अर्ब ८१ करोड पुर्याएको हो ।
अघिल्लो वर्षको तुलनामा नाफामा बैंकले २३.५५ प्रतिशतको प्रगति गरेको देखिएको छ । अघिल्लो वर्ष बैंकको खूद नाफा १ अर्ब ४६ करोडमा सीमित थियो ।
बैंकको वितरणयोग्य मुनाफा समेत १ अर्ब ८१ करोड नै रहेको छ ।
बैंकले १ अर्ब ९७ करोडमा सीमित संचालन मुनाफालाई बढाएर २ अर्ब २९ करोडको उचाई चुमाएको छ भने व्यवसाय बिस्तारमा औसत मात्र प्रगति भएका कारण खूद ब्याज आम्दानीतर्फ समेत सामान्य मात्र प्रगति भएको छ । अघिल्लो वर्ष २ अर्ब ५६ करोड रहेको खूद ब्याज आम्दानी बढेर २ अर्ब ९७ करोडको उचाईमा पुगेको हो ।
समीक्षा अवधिमा बैंकले ८५ अर्ब ४ करोड निक्षेप संकलन गरी ७७ अर्ब ३१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ७३ अर्ब २२ करोड निक्षेप संकलन गरी ६२ अर्ब ६० करोड कर्जा परिचालन गरेको थियो ।
बैंकले रिजर्बकोषतर्फ भने निकै लोभलाग्दो प्रगति गरेको छ । अघिल्लो वर्ष ४ अर्ब २२ करोड रहेको कोषको आकार बढाई ८ अर्ब ६९ करोडको उचाई चुमाएको छ । यो हिसाबले रिजर्बमा बैंकले १०५.८५ प्रतिशतको छलाङ मारेको देखिन्छ ।
बैंकले अघिल्लो वर्ष यही अवधिमा १.६८ प्रतिशत रहेको निस्क्रिय कर्जा अनुपातलाई घटाएर ०.८८ प्रतिशतमा झारेको छ ।
समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड बढेर ७.४६ प्रतिशत पुगेको छ भने सीडी रेसियो ७७.७२ प्रतिशत छ । १०.७० प्रतिशत बेस रेट रहेको बैंकको इक्वीटीमा प्रतिपलल १५.८५ प्रतिशत रहेको छ ।
यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २८.०४ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१४.४० रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.७७ गुणा कायम भएको छ । अघिल्लो वर्ष इपीएस २६.८८ रुपैयाँमा सीमित थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago