काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा चुक्तापुँजीको १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँबराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३९७ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ) रहेका छन्।
कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ रहेको छ। बोनस सेयर जारी पुँजी कम्पनीको चुक्तापुँजी १ अर्ब २० करोड ५७ लाख रुपैयाँ बढी पुग्नेछ।
प्रस्तावित लाभांश नियामक बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीले आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याउनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19