काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश १० प्रतिशतले हुन आउने १२ करोड ६ लाख १ हजार ३०५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ६३ लाख ४७ हजार ४३७ रुपैयाँबराबरको बोनस सेयर रहेका छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कम्पनीले कार्यान्वयनमा ल्याउनेछ।