काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न २६ औँ वार्षिक साधारणसभा (एजीएम) ले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ। 

काठमाण्डौको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा आयोजित वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ८.४२ प्रतिशत हुन आउने लाभांश अनुमोदन गरेको छ। पारित लाभांशमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश रहेका छन्। 

सभाले अन्य सामान्य तथा विशेष प्रस्ताव पनि सर्वम्मतिले अनुमोदन गरेको छ। सभामा सञ्चालक समितिका अध्यक्ष राजीवन सपाकोटाले कम्पनीको वर्तमान गतिविधि,भावी योजना तथा रणनीतिबारे प्रकाश पारेका थिए।