काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ । 

आज(बुधबार) साँझ बसेको बैंकको सञ्चालक समितिको ३५७ औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट बैंकका सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको हो । 

एभरेष्ट बैंकले यसपटक पनि नगद लाभांशलाई नै जोड दिएको छ । 

घोषित लाभांशमध्ये बोनस सेयरमा लाग्ने करसहित १०.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर रहेको छ। 

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार एभरेष्ट बैंकको लाभांश क्षमता ४० प्रतिशत माथि थियो । तर, बैंकले सबै वितरणयोग्य मुनाफा लाभांशको रुपमा घोषणा गरेन । 

घोषित लाभांशलाई राष्ट्रबैंकबाट अनुमति आउनुपर्नेछ । त्यसपछि बैंकले आगामी साधारणसभाबाट पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । 

बैंकले दशैंअघि नै लाभांश पारित गर्नका लागि साधारणसभा आह्वान गर्ने योजना बनाएको छ । बैंक स्रोतले यसअघि नै बिजशालासँग कुरा गर्दै दशैंअघि आफ्ना सेयरधनीले  दशैंखर्च पाउने बताएको थियो । साथमा, १० प्रतिशतको बोनस सेयर समेत उपहार पाएका छन् । 

अघिल्लो वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । 

 

 

यसअघिको समाचारहरु :