काठमाण्डौ । ट्विटरका सीईओ, सीएफओलगायत उच्च अधिकारीको बर्खास्त गरेपछि अहिले कर्मचारी कटौतीको तयारी भइरहेको छ।
कम्पनीको कमान्ड सम्हालेपछि विश्वकै धनीव्यक्ति एलन मस्कले अपरेशन क्लिन सुरु गरेका छन्। यो अपरेसनअन्तर्गत ३ हजारभन्दा बढी भनौँ आधाजसो कर्मचारीको जागिर जानेछ।
ब्लुमबर्गका अनुसार एलन मस्कले लागत कटौती गर्न ट्विटर इंकबाट करिब ३ हजार ७०० रोजगारी कटौती गर्ने ठूलो योजना तयार पारेका छन्। कर्मचारी कटौतीको घोषणा शुक्रबार मस्कले गर्ने सम्भावना छ। ट्विटरले अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन।
रोयटर्समा प्रकाशित समाचारअनुसार मस्कले ट्विटरबाट पहिलो चरणमा एक चौथाइ कर्मचारी कटौती गर्ने योजना बनाएका छन्। यसअघि मस्कले कम्पनीका सबै निर्देशकलाई बर्खास्त गरिसकेका छन्। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19