काठमाण्डौ । ट्विटर टेकओभर प्रक्रिया पूरा गरेपछि विश्वकै धनीव्यक्ति एलन मस्कले ट्विटरमा आफ्नै शैलीमा यसको घोषणा गरेका छन्। मस्कले ट्विट गर्दै लेखेका छन्–‘मुक्त भयो पन्छी।’
धेरै महिनाको प्रयासपछि मस्कले ट्विटर ग्रहण गर्ने प्रक्रिया पूरा गरेका छन्। यससँगै उनले कम्पनीका सीईओ पराग अग्रवाललाई पनि जागिरबाट हटाएका छन्। भारतीय मूलका पराग अग्रवालले आईआईटी बम्बईमा अध्ययन गरे र नोभेम्बर २०२१ मा ट्विटरको सीईओ बनेका थिए।
ट्विटरका सह–संस्थापक बिज स्टोनले एक ट्विटमा सीईओ पराग अग्रवाल, सीएफओ नेड सिगल र कानूनी प्रमुख विजया गाडेलाई धन्यवाद दिए।
बिहीबारको एक ट्विटमा एलन मस्कले मानवतालाई मद्दत गर्न चाहनेले ट्विटर किनेको र मानव सभ्यताको भविष्यका लागि यस्तो प्लेटफर्म आवश्यक रहेको उल्लेख गरेका थिए। ‘जहाँ हिंसा विना स्वस्थ तरिकाले विभिन्न विचार उठाउन सकिन्छ’, मस्कले भनेका छन्। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19