काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एलन मस्कको विदेशीहरुका साथ भएको लगानीमा गलत छ वा छैन भन्ने विषयमा हेर्न बाँकी रहेको बताएका छन्। 

मस्कको ट्विटर अधिग्रहण र विदेशी लगानीका विषयमा सोधिएको प्रश्नमा राष्ट्रपति बाइडेनले यस्तो जबाफ दिएका हुन्। उनलाई सञ्चारकर्मीहरुले के तपाइँलाई एलन मस्क अमेरिकाको सुरक्षाका लागि खतरा हो भन्ने लाग्छ ? वा के अमेरिकाले साउदी अरेबियालगायत विदेशी सरकारहरुसँग एलन मस्कको ट्विटरको संयुक्त अधिग्रहणको अनुसन्धान गर्नुपर्छ ? भन्ने जिज्ञासा राखेका थिए।
सञ्चाकर्मीको प्रश्न सुनेर सुरुमा जो बाइडेन हाँसे। त्यसपछि उनले भने, ‘मलाई लाग्छ कि एलन मस्कको अन्य देशहरुसँगको कर्पोरेट र प्राविधिक सम्बन्धलाई हेर्नुपर्छ कि उनले केही अनुचित गरिरहेको छ कि छैन।’

हालै मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। त्यसयता उनले ट्विटरमा धेरै परिवर्तनको घोषणा पनि गरिसकेका छन्।

बाइडेन प्रशासनले ट्विटरको ४४ अर्ब डलरमा अधिग्रहणको राष्ट्रिय सुरक्षा समीक्षाका बारेमा छलफल गरिरहेको खराबहरु बाहिरिएका थिए। यो अधिग्रहणमा साउदी अरेबियाका राजकुमार अलवालिद बिन तलाल र कतारको सार्वभौम सम्पत्ति कोष समावेश रहेका समाचार आएका थिए। 

दुई अमेरिकी सिनेटरहरुले प्रयोगकर्ताहरुलाई मानवअधिकार कार्यकर्ता र साउदी अरेबियाका आलोचकहरुलाई जोखिममा पार्ने सूचनाहरु पहुँच गर्नबाट रोक्न ट्विटर सम्झौताको अनुसन्धान गर्न आह्वान गरेका थिए। –एजेन्सी