काठमाण्डौ । एसिया महादेशमा कोरोनाको महामारीबाट जापान र सिंगापुुरको अर्थतन्त्र बढी प्रभावित भएको पाइएको छ। यी दुवै देशको अर्थतन्त्र उकास्न सबैभन्दा धेरै संघर्ष गर्नुुपर्ने देखिएको छ। 

यी दुुवै देशका अर्थतन्त्रहरु कोरोना फैलनुुभन्दा एक महिनाअघि नै कमजोर अवस्थामा थिए। एसिया प्यासेफिकका प्रमुुख अर्थशास्त्री स्टिभ काचरेनका अनुुसार भाइरसको संक्रमण रोक्न यी देशहरुले लागू गरेका कडा लकडाउन र प्रतिबन्धका कारण दुुवै देशका अर्थतन्त्रहरुको समस्यालाई झनै चर्किएको छ। 

भर्खरै सार्वजनिक भएको आधिकारिक आँकडा अनुुसार यो वर्ष जापानको अर्थतन्त्रमा ६.३ प्रतिशतको संकुुचन आउने प्रक्षेपण गरिएको छ। त्यस्तै सिंगापुुरको अर्थतन्त्रमा मार्च महिनामा अन्त्य भएको चौमासमा पनि २.२ प्रतिशतको संकुुचन आएको थियो। “जापान पहिले नै मन्दिमा थियो, सिंगापुर पनि पहिलो चौमासमा अति नै कमजोर देखिएको छ र लकडाउनका कारण अबको चौमास पनि उसका लागि अझै कठिन हुुने छ”, कोचरेनले भने, “यदि जापानमा संक्रमण थप फैलिन्छ भने अहिलेको खुुकुुलो लकडाउनलाई थप कठाइ गरिने सम्भावना रहेको छ, जसले स्थिति अझै बिग्रनेछ।” 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुुसार एसियामा चीनभन्दा बाहिर यी र्दुुइ देशमा सबैभन्दा धेरै कोरोनाका संक्रमित रहेका छन्। जहाँ १३००० भन्दा धेरै संक्रमित रहेका छन्। 

चीनमा कोरोना नियन्त्रणमा आउँदा यी दुुवै देशमा भने कोरोना संक्रमणका नयाँ केसहरु देखा परिरहेका छन्। संकट गहिरिँदै गएपछि सिंगापुुर सरकारले लकडाउनलाई जारी राख्दै लम्बाएको छ र आशिंक लकडाउनको उपायमार्फत स्कुल र अतिआवश्यकबाहेका कार्यालयहरु बन्द गरेको छ। 

त्यस्तै जापान सरकारले राष्ट्रव्यापी आपतकालको घोषणा गरेको छ र मानिसहरुलाई घरमै बस्न निर्देशन दिएको छ। तर केही व्यापारव्यवसायलाई भने खुला राख्न अनुुमति दिइएको छ। 

जापान र सिंगापुुरको अर्थतन्त्र कमजोर भएका कारण एसिया प्यासेफिक क्षेत्रको दोस्रो चौमासको प्रगति कमजोर हुुने प्रक्षेपण कोचरेनले गरेका छन्। – एजेन्सी