काठमाण्डौ । भारतीय रुपैयाँ (भारु) एसियाली बजारमा सबैभन्दा खराब प्रदर्शन गर्ने मुद्रा बनेको छ।
यसका साथै भारतीय सेयर बजारबाट विदेशी लगानीकर्ताहरु बाहिरिने क्रम पनि बढेको छ।
ब्लुमबर्गको एउटा प्रतिवेदनले भारतीय मुद्रा र सेयर बजारको अवस्थाबारे यस्तो तथ्य सार्वजनिक गरेको हो। वित्त वर्ष २०२१ को यस त्रैमासमा भारुमा १.९ प्रतिशतले कमजोर बनेको छ। किनकि विदेशी लगानीकर्ताहरुले भारतीय सेयर बजारमा लगाएका ४.२ बिलियन डलर पुँजी निकालेका छन्। जुन यो क्षेत्रबाट बाहिरिएको हालसम्मकै उच्च रकम हो।
कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण भारतीय सेयर बजारमा लगातार दबाब परिरहेको छ। विदेशी लगानीकर्ताहरु आफ्नो लगानी फिर्ता लगिरहेका छन्।
यसैगरी उच्च व्यापार घाटा र रिजर्भ बैंकको फेडरल रिजर्भका विषयमा नीतिगत भिन्नताले पनि भारु कमजोर बन्दै गएको प्रतिवेदनमा उल्लेख छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19