काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर (प्रा)लिबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।
 
सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर (प्रा)लिका तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् । 
 
सम्झौताअनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर (प्रा)लिका सेवाहरmमा विशेष छुट पाउनेछन् । 
 
बैंकका ग्राहकहरुले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।