काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा अचानक उछाल आएको छ ।
यसले भारतको स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । नेपालमा भारतबाट पेट्रोलियम पदार्थ आयात हुने भएकोले त्यसको प्रभाव यहाँ समेत पर्ने देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार पाँचौ दिन शनिवार समेत बढेको समाचारहरुमा जनाइएको छ ।
शनिवारको मूल्य यो वर्षको सबैभन्दा उच्च मूल्य हो ।
ब्रेन्ट क्रूडको मूल्य यो दिन ६५ डलर प्रति ब्यारेलको उचाईलाई पार गर्दै ६६.२५ डलरको उचाईमा पुगेको हो । यो भनेको नोभेम्बरपछिकै सबैभन्दा उच्च मूल्य हो ।
सन् २०१९ मा अहिलेसम्म कच्चा तेलको मूल्यमा २०.७६ प्रतिशतको बढोत्तरी भइसकेको छ ।
बजार विश्लेषकहरुलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरुमा भनिएअनुसार तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकबाट कच्चा तेलको उत्पादनमा कटौति गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा तेलको माग वृद्धि हुने उद्देश्यले मूल्यमा तीव्र उछाल आएको हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19