काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरीको क्रम रोकिने छाँटकाट देखिएको छैन । कच्चा तेलको मूल्य सोमबार पनि बढ्यो । 

कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९४ डलर माथि पुगेको छ । 

कच्चा तेलको मूल्यमा भइरहेको लगातार बढोत्तरीले नेपालमा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्नसक्ने जोखिमहरु बढाइदिएको छ । त्यसै पनि लगातारको मूल्यवृद्धिले आहात सर्वसाधारणलाई कच्चा तेलको मूल्य अझै माथि पुग्ने भयले सताउने निश्चित छ । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी खर्च बढाउने र यसले मुद्रास्फिति अझै बढाउन थप मद्दत गर्ने देखिन्छ । 

आज अन्तराष्ट्रिय बजारको बेञ्चमार्क ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल ९४.१९ डलर पुगेको छ । 

यस्तै डब्लूटीआई(यूनाइटेड स्टेट्स) क्रूडको मूल्य ९१.१६ डलर प्रतिब्यारेल पुगेको छ । 

कच्चा तेलको मूल्यमा उछाल आएसँगै त्यसले भारतमा भित्रिने पेट्रोलियम पदार्थको मूल्य बढ्छ । नेपालमा खपत हुने पेट्रोलियम पदार्थ भारतबाटै आयात हुने भएकोले त्यहाँ मूल्य बढ्ने बित्तिकै त्यसको सोझो असर नेपाली बजारमा समेत पर्छ ।