काठमाण्डौ । तेलको मूल्य अर्को वर्ष प्रति ब्यारेल १५० डलरसम्म पुग्नसक्ने प्रक्षेपण सार्वजनिक भएको छ । 

यस्तो प्रक्षेपण अमेरिकास्थित जेपी मोर्गन बैंकका उर्जा रणनीतिकारले गरेका हुन् । अमेरिकामा अवस्थित यो बैंक मल्टिनेशनल तथा युनिभर्सल बैंक हो । यसले मल्टिनेशनल लेभलमै वित्तीय सेवाहरु समेत प्रदान गर्दै आएको छ ।  

बैंकको दाबीअनुसार तेल बजारमा मन्दी नै आयो भने पनि कच्चा तेलको भाउ प्रतिब्यारेल ८० डलरभन्दा तल झर्ने छैन । तर, आपूर्ति निकै टाइट ढंगले बढ्यो भने मूल्य सजिलैसँग बढेर प्रति ब्यारेल १५० डलर पुग्नेछ । ओपेक प्लस देशहरुले तेलको उत्पादन लक्ष्य भेट्याउन असफल भए भने, यूएस सेलको प्रडक्सनमा ढिलाई भयो भने र यही बेला तेलको माग बढ्यो भने मूल्य सजिलै १५० डलर पुग्ने बैंकको तर्क छ । 

यस वर्ष तेलको मूल्य ४० प्रतिशत बढेको भए पनि 'तुलनात्मक रूपमा पूँजीको अभावमा रहेको' उद्योगमा कम लगानीले आपूर्तिको कडाईलाई बढावा दिनसक्ने जेपी मोर्गनको ऊर्जा रणनीतिक ग्लोबल हेड क्रिस्टियान मालेकले भनेका छन् । 

'हामीले विद्यमान उत्पादन आधारलाई कायम राख्न र यसलाई बढाउने दुवैमा वृद्धिशील लगानीको सबैभन्दा ठूलो आवश्यकता देख्छौं । जबकि हामी तेल र ग्यासमा लगानीको आवश्यकताको मान्यता देखिरहेका छौं।' मालेकले बुधबार एस एण्ड पी ग्लोबलसँगको अन्तर्वार्तामा भने, 'तेलमा लगानी २०३० सम्ममा ३०० अर्ब डलरले घट्ने अनुमान छ।'

यसले ऊर्जा बजारका लागि समस्या निम्त्याउँछ, आगामी दशकको सुरुमा माग सन् २०१९ मा देखिएको स्तरभन्दा माथि प्रति दिन ७.१ मिलियन ब्यारेल बढ्ने अपेक्षा गरिएको छ। यसले २०३० मा प्रतिदिन ७००,००० ब्यारेलको समग्र आपूर्ति अभाव गराउनेछ र यसकै कारण तेलको मूल्य उच्च हुनसक्नेछ ।

कम आपूर्तिको डर उद्योगका अन्य विज्ञहरूले पनि व्यक्त गरेका छन्। ओपेक  प्लसले यसअघि भनिसकेको छ कि कच्चा तेलको उच्च मूल्यका कारण कार्टेलिंग भइरहेको होइन, खासमा यो उद्योगमा भयावह ढंगले घटिरहेको लगानी मुख्य कारण हो । 

र ओपेक प्लसले नोभेम्बरदेखि प्रतिदिन २ मिलियन ब्यारेलले उत्पादन घटाउने निर्णय गर्नुको एउटा कारण कम लगानी हुन सक्छ ।, मालेकले भने, उत्पादन कटौतीले ऊर्जा बजारमा थप लगानी बढाउन सक्छ।

'ओपेकको भूमिको भनेको आजको माग मात्र पूरा गर्नु होइन, तर भविष्यमा पनि माग पूरा गर्न पर्याप्त आपूर्तिमा लगानी गर्न बजारलाई प्रोत्साहन गर्नु ', मालेकले थपे।

-विजिनेश इन्साइडरको सहयोग