काठमाण्डौ । रुसको तेल र ग्यास बिक्रीको आम्दानी १५ प्रतिशतले बढेको छ। 

गत अगस्टमा रुसको तेल र ग्यास बिक्रीको आम्दानी १५ प्रतिशतले बढेको हो। रुसको तेल बिक्रीको आम्दानी सेप्टेम्बरको तुलनामा ७.४ बिलियन डलरले बढेको छ। 

पछिल्लो समय तेलको मूल्यमा भइरहेको बढोत्तरीले रुसको आम्दानी पनि बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। 

गत जनवरीदेखि सेप्टेम्बरसम्म भने रुसको तेल बिक्रीको आम्दानी अघिल्लो वर्षको तुलनामा ३४.५ प्रतिशतले घटेको थियो। – एजेन्सी