काठमाण्डौ । कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ११.२९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बैंकले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ६.२९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो प्रस्ताव अनुसार बैंकले २ करोड ५३ लाख रुपैयाँ बराबरको बोनस सेयर ३ करोड १८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नुपर्नेछ । 

यो निर्णय नियामक नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

यो बैंकले अघिल्लो वर्ष आफ्ना सेयरधनीलाई १६.०३ प्रतिशत लाभांश वितरण गरेको थियो। 

यसपटक घोषित बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ५३ करोड १३ लाख पुग्नेछ ।