काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले २ वटा सहकारी संस्था खारेजी गरेको छ। 

काठमाण्डौ महानगरपालिकाले आज एक सूचना जारी गर्दै २ वटा सहकारी खारेजी गरिएको जानकारी गराएको हो। 

महानगरको नगर कार्यपालिकाको कार्यालयका अनुसार काठमाण्डौ महानगरपालिका–५ स्थित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र काठमाण्डौ–७ स्थित सुकस बचत तथा ऋण सहकारी संस्था खारेजी गरिएको छ। 

काठमाण्डौ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१)बमोजिम ती संस्था खारेजी गरिएको महानगरपालिकाले जनाएको छ।