काठमाण्डौ । सर्वोच्च अदालतको फैसलासँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारबाट काममा फर्किएका छन्।
गत चैत २४ गते मन्त्रिपरिषद्ले सरकारलाई असहयोग गरेको भन्दै गभर्नर अधिकारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अगाडि बढाएको थियो। तर, अधिकारीले गैरकानुनी ढंगले पूर्वाग्राही रुपमा सरकारले आफूलाई निलम्बन गरेको भन्दै पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सर्वोच्चको यो आदेशसँगै अधिकारी आजबाट काममा फर्किन पाउने भएका हुन्छन्।
न्यायाधीश हरि फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नरमाथि अनुसन्धान गर्न जाँचबुझ समिति गठन गर्ने २४ चैतको मन्त्रिपरिषदको निर्णय र सो निर्णयका आधारमा अर्थ मन्त्रालयले गभर्नरलाई गरेको पत्राचार कार्यान्वयन नगर्न आदेश दिएको छ। इजलासले आगामी वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
काममा फर्किने क्रममा गभर्नर अधिकारीलाई राष्ट्र बैंकका कर्मचारीहरुले स्वागत गरेका छन्। उनको स्वागत गर्न ठूलो संख्यामा कर्मचारीहरु उपस्थित भएका थिए। उनलाई फूलमाला र खादा लगाएर कार्यालयमा प्रवेश गराइएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19