– रेखा चन्द
काठमाण्डौ । पछिल्लो समय लुटेरा समूहहरुले बैंकहरुका एटीएम मेसिनलाई निशाना बनाउन थालेका छन्। अन्य क्षेत्रमा भन्दा पनि राजधानीमै बैंकका एटीएम मेसिन फुटाएर पैसा लुट्ने प्रयासहरु धेरै हुन थालेका छन्।
यस्ता लुटेराहरुको जालो खोज्दै जाँदा प्रहरी नै चकित पर्नुपर्ने अवस्था छ। विभिन्न मनसाय बोकेर बैंकको एटीएम मेसिनमाथि नै प्रहार गर्ने समूहको जालो देशभर नै सक्रिय छन्। यद्यपि, त्यस्ता लुटेरा समूहका प्रयासमा सफल भएका छैनन्। किनकि एटीएम मेसिन चौबीसै घन्टा बैंकका उच्च सुरक्षामा रहेको हुन्छ।
चौबीसै घन्टा खुला रहने एटीएम बुकको सुरक्षाका लागि बैंकहरुले विभिन्न टुल्स प्रयोग गरेका हुुन्छन्। जसका माध्यमबाट बैंकका एटीएम फुटाउँदै गरेका समूह वा व्यक्ति तत्काल पक्राउ पर्ने गरेका छन्।
नेपाल राष्ट्र बैंकको सहप्रवक्ता नारायणप्रसाद पोखरेल चेतना अभावका कारण यस्ता घटनाहरु मौलाउँदै गएको बताउँछन्। विशेषगरी आर्थिक अभाव, रोजगारी नहुनु र ज्ञानको कमी भएका कारण पटक–पटक बैंकका एटीएम लुुट्ने प्रयास हुुने गरेको उनी औँल्याउँछन्। ‘यसको मुुख्य समस्या भनेको आर्थिक अभाव नै हो, त्यस किसिमका मानिसमा ज्ञानको पनि कमीसँगै रोजगारी पनि हुँदैन’, उनले भने, ‘उनीहरुलाई सीसी क्यामराबाट हेरिरहेका छन् भन्नेसम्म पनि थाहा हुँदैन । तर, मुख्य कुरा आर्थिक अभावले नै यस्तो कार्य गरेको देखिन्छ।’
ह्याकर आंकत पनि उस्तै
घटना २०७६ सालको हो। चिनियाँ ह्याकरको टोली १३ भदौमा चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै राजधानी काठमाण्डौमा प्रवेश गर्यो। उनीहरुले शनिबारको मौका छोपी दिउँसो विभिन्न बैंकको एटीएम बुुथबाट पटक–पटक गरी शंकास्पद रुपमा रकम निकाल्न थाले र अस्वभाविक रुपमा एटीएमबाट पैसा निकालिएको कुरा एकैछिनमा बैंकहुँदै प्रहरीसम्म पुुग्यो। त्यसपछि बैंकिङ क्षेत्रमा हलचल मच्चियो।
ह्याकरको टोलीले विभिन्न बैंकका एटीएमबाट पैसा निकालेका थिए। प्रहरीले उनीहरुबाट ठूलो रकमसहित नक्कली भिसाकार्ड, सक्कली भिसाकार्ड, कार्ड प्रिन्टर मेसिन, मोबाइल तथा ल्यापटप, डाटा कार्डलगायत बरामद गरेको थियो। प्रहरीले ती ह्याकरलाई छिट्टै नियन्त्रणमा समेत लिन सफल भएको थियो।
यी घटनाहरुले पनि प्रस्ट हुन्छ कि बैंकका एटीएम तथा सुुरक्षा त्यति कमजोर छैनन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19