काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएको छ।
चालु आर्थिक वर्ष २०८०–८१को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय वित्तीय विवरणअनुसार किसान लघुवित्तको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.५५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ५.९५ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न संस्थाले २ करोड ५४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। अघिल्लो वर्ष पनि संस्थाले २ करोड ५४ लाख रुपैयाँ नै इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।
समीक्षा अवधिमा संस्थाले ४ करोड २१ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोर्नुपरेको छ। अघिल्लो वर्ष पनि संस्थालाई ४ करोड ३७ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो।
खराब कर्जा बढ्नु र सञ्चालन घाटा हुनुले संस्थाले समीक्षा अवधिमा ४ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि संस्थाले ४ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
प्रथम त्रैमासको संस्थाको खुद ब्याज आम्दानी भने बढेर ५ करोड ८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष संस्थाले ४ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
समीक्षा अवधिमा संस्थाले ४ अर्ब ५९ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ अर्ब ३८ करोड रुपैयाँ सापटी लिई ६ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी ५० करोड ४३ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ५ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। रिजर्भको आकार भने ३१.८९ प्रतिशतले बढेर १४ करोड ९२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ११ करोड ३१ लाख रुपैयाँ थियो।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ८.३५ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ११८.७ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19