काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कैलालीको लम्कीचुहास्थित संस्थाको आफ्नै भवनमा बिहान ११ बजेबाट सुरु हु्नेछ।

सभाले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। हकप्रद जारीपछि संस्थाको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजीमा वृद्धि हुने भएकोले सोहीबमोजिम संस्थाको प्रबन्धत्रका सम्बन्धित दफाहरु संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षक, आर्थिकजस्ता महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।