काठमाण्डौ । कुमारी बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट लगानीकतालाई ८.५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

बैंकको पुस २५ गते साँझ ५ बजे बसेको संचालक समितिको बैठकले हालको चुक्तापूँजी ७ अर्ब १६ करोडको ८.५ प्रतिशतले हुन आउने ६० करोड ८८ लाख बढीको बोनस सेयर वितरणको निर्णय गरेको हो । 

घोषित बोनस सेयर नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

यो बैंकले चारवटा वित्तीय संस्थालाई आफूमा गाभेका कारण २ वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका सेयरधनीहरुलाई वितरण गरेको लाभांशमा कर नलाग्ने भएकोले घोषित बोनस सेयरमा कुनै कर लाग्ने छैन । 

एक महिनाअघि कुमारी बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ का लागि १२.७५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । 

यो भनेको ९१ करोड ३२ लाख बराबरको बोनस सेयर हो । यसको अर्थ आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को बोनस सेयर वितरणपछि कुमारी बैंकको चुक्तापूँजी बढेर ८ अर्ब ६८ करोड भन्दा माथि पुग्नेछ ।