काठमाण्डौ । कुमारी बैंक लिमीटेडले दुईवटा आर्थिक वर्षको साधारणसभा एकै दिन आह्वान गरेको छ ।
बैंकले आफ्नो १७ औं र १८ औं वार्षिक साधारणसभा एकसाथ आह्वान गरेको हो ।
आर्थिक वर्ष २०७३/७४ र ०७४/७५ को साधारणसभा बैशाख २६ गते काठमाण्डौको कमलादीस्थित नेपाल एकेडेमीमा आह्वान गरिएको हो ।
साधारणसभामा आ.ब. २०७३/७४ का लागि १२.७५ प्रतिशत बोनस सेयर र २०७४/७५ का लागि ८.५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पेश हुनेछ ।
दुवै गरी कुल १ अर्ब ५२ करोड रुपैयाँ बराबरको बोनस वितरणको विषयमा साधारणसभाले निर्णय लिने बैंकबाट प्रकाशित सूचनामा उल्लेख छ ।
साधारणसभाले संस्थापक समूहबाट २ र सर्वसाधारण समूहबाट २ गरी कुल ४ जना संचालकको निर्वाचन समेत गर्नेछ ।
दुवै आर्थिक वर्षको वित्तीय विवरण अनुमोदनदेखि चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति, सहायक कम्पनी कुमारी क्यापिटलको वित्तीय विवरण स्वीकृति लगायतका अजेण्डामा समेत साधारणसभामा छलफल हुनेछ ।
बैंकले साधारणसभा प्रयोजनका लागि बैशाख ६ गतेबाट बुक क्लोज हुने जनाएको छ । यसको अर्थ बैशाख ५ गतेसम्म बैंकको सेयर खरीद गर्नेहरु साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।
*(यसअघिको समाचारमा कुमारी बैंकले दुईवटा आर्थिक वर्षमा वितरण गर्ने भनिएको लाभांश दर भूलवश फरक पर्न गएकोमा क्षमाप्रार्थी छौं ।)
सम्पादक
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19