काठमाण्डौ । देवः विकास बैंकलाई कुमारी बैंक लिमीटेडले प्राप्ति गर्ने भएको छ ।
पछिल्लो समय दुवै बैंकका संचालकहरुबीच चलेको लामो छलफलपछि यस्तो सहमति भएको हो ।
कुमारी बैंकस्थित उच्च स्रोतका अनुसार देव विकाास बैंकलाई १००ः८५ हाराहारीको सेयर स्वाप रेसियोमा अक्वायर गर्ने सहमति बनेको हो । डिडिए गर्ने क्रममा यो स्वापमा केही तलमाथि हुनसक्नेछ।
विगत लामो समयदेखि देवः विकास बैंकलाई प्राप्तिका लागि विभिन्न वाणिज्य बैंकहरुले छलफललाई अगाडि बढाएका थिए । तर, सो क्रममा सेयर स्वापमा सहमति हुन सकेको थिएन ।
कुमारी बैंकसँग भने सहमति भएपछि छिटोमा बुधबार, नभए पनि बिहीबार दुवै संस्थाले प्राप्तिको प्रारम्भिक सहमतिमा हस्ताक्षर गर्न सक्नेछन् ।
हाल कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको देवः विकास बैंकको पूँजी भने ३ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।
सहमतिअनुसार १००ः८५ सेयर स्वापमा देवः गाभिएपछि कुमारी बैंकको चुक्तापूँजी बढेर १२ अर्ब बढी पुग्नेछ ।
दोश्रो बजारमा कुमारी बैंकको अन्तिम बिक्री मूल्य प्रतिकित्ता १९६ रुपैयाँ रहेको छ भने देवः विकास बैंकको १५५ रुपैयाँ रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19