काठमाण्डौ । कुमारी बैंक लिमीटेडले यो वर्ष १४ प्रतिशतको हाराहारीमा लाभांश बाँड्नसक्ने देखिएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ६५ करोड ८५ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । मुनाफाको यो दर अर्को ६ महिनासम्म पनि कायम रह्यो भने बैंकले १४ प्रतिशतको हाराहारीमा लगानीकर्तालाई रिटर्न दिनसक्ने देखिएको छ । 

यो बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । 

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा बैंकले ८० करोड ३० लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफामा १९ प्रतिशत हाराहारीको बढोत्तरी हो । 

बैंकले ९६ करोड ६० लाखमा सीमित संचालन मुनाफालाई बढाएर यो वर्ष १ अर्ब १३ करोडको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा बैंकले ८० अर्ब ६७ करोड बढी निक्षेप संकलन गरी ८० अर्ब ९२ करोड बढी कर्जा परिचालन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा क्रमशः १०.२१ र १०.८३ प्रतिशतको बढोत्तरी हो । 

अघिल्लो वर्षको तुलनामा रिजर्बमा ७.१५ प्रतिशतको बढोत्तरी भई २ अर्ब २४ करोड पुगेको छ भने १ अर्ब ५१ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब ८२ करोडको उचाई चुमेको छ । 

यो बैंकको रिटेन अर्निङमा पनि २२.९७ प्रतिशतको गिरावट आएको छ । अघिल्लो वर्ष १.२२ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर १.०४ मा सीमित बन्न पुगेको छ भने कस्ट अफ फण्ड पनि घटेर ७.१५ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको यही अवधिको १५.५७ रुपैयाँबाट बढेर १६.८१ रुपैयाँ कायम भएको छ । 

दोश्रो त्रैमासको अन्तिम दिनको पीई रेसियो ११.३० गुणा तथा प्रतिसेयर नेटवर्थ १३०.६४ रुपैयाँ कायम भएको छ ।