काठमाण्डौ । आकर्षक लाभांश प्रस्ताव गरेको कृषि विकास बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा आज सोमबार गर्दैछ ।

साधारणसभा बैंकको केन्द्रीय तालिम केन्द्र भक्तपुरको बोडेमा हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट बैंकले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३० प्रतिशत लाभांश पारित गर्ने छ । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

वार्षिक साधराणसभा र लाभांश प्रयोजनका लागि बैंकले पुस १३ गतेदेखि आज पुस २७ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले पुस १० गतेसम्म कायम सेयरसाधारणसभा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।