काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कृषि विकास बैंकले १ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।
यो अवधिमा बैंकको खूद नाफा १ अर्ब ५८ करोड आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा नाफा २२.०८ प्रतिशतले बढेको हो ।
यस्तै, संचालन मुनाफामा १६.०८ प्रतिशतको बढोत्तरी भई १ अर्ब ९८ करोड रुपैयाँको उचाईमा पुगेको हो ।
बैंकको खूद ब्याज आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा ९.२५ प्रतिशतको गिरावट आई खूद ब्याज आम्दानी ३ अर्ब १७ करोडमा सीमित बन्न पुगेको छ ।
समीक्षा अवधिमा बैंकले १ खर्ब २७ अर्ब निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ७.०१ प्रतिशत र कर्जामा ६.०२ प्रतिशतले वृद्धि भएको हो ।
समीक्षा अवधिमा रिजर्बमा १० अर्ब ४१ करोड रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १० अर्ब ४८ करोड मात्र रिजर्बमा सीमित थियो ।
बैंकले अघिल्लो वर्षको यही अवधिमा ४.५ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ३.९१ प्रतिशतमा सीमित बन्न पुगेको छ ।
बैंकको सीसीडी रेसियो भने निकै कम अर्थात ७२.२१ प्रतिशतमा सीमित बनेको छ । कस्ट अफ फण्ड ७.२ प्रतिशतमा सीमित भएको छ भने बेस रेट १०.१७ प्रतिशतमा सीमित भएको छ ।
वार्षिकीकृत प्रतिसेयर आम्दानी २६.०८ प्रतिशतले बढोत्तरी भई २४.९६ रुपैयाँबाट बढेर ३१.४७ रुपैयाँको उचाईमा पुगेको छ ।
दोश्रो त्रैमासको अन्तिम दिनको पीई रेसियो १२.०१ गुणा रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19