काठमाण्डौ । कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

बैंकको पुस १७ गते सम्पन्न बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

गत वर्ष यो बैंकले सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

बोर्डको प्रस्ताव नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

यो बैंकको हालको साधारणतर्फको चुक्तापूँजी ७ अर्ब ८ करोड रहेको छ । बोनस सेयरको पूँजीकरणपछि चुक्तपुँजी ८ अर्ब ४९ करोडको उचाईमा पुुग्नेछ । 

बैंकले आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ७७ करोड खूद नाफा आर्जन गरेको थियो ।