 
                     
                                
                             
                                    काठमाण्डौ । इलेक्ट्रिक कार निर्माता टेस्ला आज संसारको सबैभन्दा मूल्यवान अटो कम्पनी हो। यसको सेयर वृद्धिका कारण एलन मस्क विश्वकै धनीव्यक्ति बनेका छन्।
एलन मस्क टेस्ला कम्पनीका सीईओ हुन्। यस कम्पनीमा उनको करिब १४ प्रतिशत सेयर रहेको छ। तर, के तपाइँलाई थाहा छ, एक समयमा मस्कले यो कम्पनीलाई केवल ६ अर्ब डलरमा बेच्न राजी भए ?
आज मस्कको कम्पनी बजार क्यापका आधारमा विश्वको सातौँ ठूलो कम्पनी हो। यसको बजारपुँजीकरण ६०६.२० अर्ब डलर छ।
मस्कले सन् २००३ मा टेस्लाको स्थापना गरेका थिए। तर, २०१३ मा कम्पनी गहिरो आथिंक संकटमा फर्यो मस्क कम्पनी बेच्न चाहँदैनथे तर उनीसँग अर्को विकल्प थिएन। उनले गुगलका सहसंस्थापक र उनका साथी ल्यारी पेजलाई बेच्नका लागि कुरा गरिरहेका थिए। त्यही बेला फेरि एउटा चमत्कार भयो।
सन् २०१३ फेब्रुअरीमा अमेरिकी व्यापार स्तम्भकार र लेखक एस्ले भान्सको पुस्तक ‘एलन मस्कः हाउ द बिलियनेयर सीईओ अफ स्पेसएक्स र टेस्ला इज सेपिङ आवर फ्युचर’ अनुसार टेस्ला गहिरो संकटमा परेको थियो। कम्पनीका गाडीहरु बिक्री हुन सकेका थिएनन्। ग्राहकहरु अर्डर रद्द गर्दै थिए। कम्पनीको उत्पादन बन्द गर्ने समय आयो।
कम्पनीले यी सबै कुरा मस्कबाट लुकाउन खोजेको थियो। तर, यो कुरा थाहा पाएपछि उनी काममा लागे। उनले डेमलरमा काम गरेका जेरोम गुइलेनलाई सेवासँग जोडिएका मुद्दाहरु हेर्न आग्रह गरे। धेरै वरिष्ठ अधिकारीहरुलाई बर्खास्त र ठूलो संख्यामा कनिष्ठ कर्मचारीलाई बढुवा गरे। मस्कले अप्रिलको पहिलो हप्तामा ल्यारी पेजलाई सम्पर्क गरे।
मस्कले ल्यारी पेजलाई भने कि टेस्लाका लागि केही हप्ता पनि टिक्न गाह्रो थियो। कम्पनीले कारखाना बन्द गर्नुपर्ने अवस्था आएको छ। मर्मतसम्भारका लागि कारखाना बन्द गरिएको जनाइएको छ। ल्यारी पेजले स्थिति बुझे र दुई सम्झौतामा वार्ता अगाडि बढाउने फैसला गरे।
मस्ककोे कम्पनीले ठूलो मात्रामा विद्युतीय कार बनाउने काम अघि बढाउन चाहेको थियो। मस्कको सर्त थियो कि कम्पनी ८ वर्षसम्म आफ्नो नियन्त्रणमा रहनेछ। अथावा जबसम्म ठूलो मात्रामा गाडी बनाउन सुरु हुने छैन तबसम्म कम्पनीको कमान मस्कले सम्हाल्नेछन्। यससँगै उनले कारखाना विस्तारका लागि ५ अर्ब डलरको पुँजीसमेत मागे। गुगलका केही वकिलहरु यी मागसँग असहमत भए तर मस्क र ल्यारी पेजले वार्ता जारी राखे।
त्यतिबेला टेस्लाको मूल्य ६ अर्ब डलर थियो। यदि यो सम्झौता भएको भए गुगलले टेस्लालाई यो रकममा किन्ने थियो। जब मस्क, पेज र गुगलका वकिलबीच यो सम्झौतामा वार्ता चलिरहेको थियो कि एउटा चमत्कार भयो। टेस्लाले ५०० जनालाई सेल्सम्यानको जिम्मेवारी दिएको थियो। एक्कासि कम्पनीका कारहरु ह्वात्तै बिक्री हुन थाले।
टेस्लाको खातामा दुई हप्तालाई पुग्ने मात्र नगद बाँकी थियो। तर, १४ दिनमा कम्पनीले ठूलो संख्यामा कार बनाएर बिक्री गर्यो।
कम्पनीले सूचीकृत भएपछि पहिलोपटक नाफा कमायो। कम्पनीले त्रैमासिक अवधिमा ४ हजार ९०० मोडल एस सेडान कार उपलब्ध गराएको थियो। जसका कारण कम्पनीको सेयरमा भारी उछाल आयो। यसको मूल्य जुलाईमा ३० डलरबाट बढेर १३० डलर पुग्यो।
त्रैमासिक नतिजा सार्वजनिक गरेको केही दिनपछि कम्पनीले ४६ करोड ५० लाख डलर ब्याजसहित सरकारी ऋण चुक्ता गरेको थियो।
अचानक कम्पनीमा धेरै नगद आयो। सेयरप्रति ग्राहकको विश्वास पनि तीव्र गतिमा बढ्न थाल्यो। अब कम्।नीका कारहरु तीव्र गतिमा बिकिरहेका थिए र टेस्लाको मूल्य पनि बढिरहेको थियो।
यस्तो अवस्थामा गुगलसँग डिल गर्नुको कुनै अर्थ थिएन। गुगलका लागि टेस्ला किन्न महँगो सम्झौता थियो। यसरी गुगल र टेस्लाबीच सम्झौताका लागि चलिरहेको वार्ता पनि रोकियो र टेस्ला बिक्री हुनबाट जोगियो।
त्यसयता टेस्लाको बजारमूल्य १०० गुणाभन्दा बढी बढेको छ। बजारपुँजीकरणका आधारमा यो विश्वको सातौँ ठूलो कम्पनी बनेको छ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19