काठमाण्डौ । देशकै टप विकास बैंक कैलाश विकास बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । 

यो बैंकको असोज ६ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई कुल १९.५० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

हाल यो बैंकको चुक्तापूँजी २ अर्ब २९ करोड रुपैयाँ छ । १० प्रतिशत बोनस सेयरको पूँजीकरणपछि चुक्तापूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुुग्नेछ । 

गत वर्ष कैलाश विकास बैंकले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।