काठमाण्डौ । कैलाश विकास बैंकका सेयरधनीले १० प्रतिशत बोनस सेयर र ९.४५ प्रतिशतका दरले नगद लाभांश पाउने निश्चित भएको छ ।
यो विकास बैंकको शुक्रबार राजधानीमा सम्पन्न २४ औं वार्षिक साधारणसभाले संचालक समितिबाट प्रस्तावित माथि उल्लिखित बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत गरेको हो ।
साधारणसभाले संस्थाको आ.व. २०७३/०७४ को वासलात तथा सोही मितिको नाफानोक्सान हिसाब तथा नगदप्रवाह विबरण समेत पारित गरेको छ ।
यस संस्थाको बोनश शेयर पारित भएकाले अब चुक्ता पूंजी रु २ अर्ब ५२ करोड पुगेको छ ।
२०७४ मार्ग १३ सम्ममा यस संस्थाले १८ अर्ब ३२ करोड निक्षेप संकलन गरी रु. १६ अर्ब १९ करोड कर्जा प्रवाह गरेको छ ।
संस्थाले विभिन्न जिल्लामा संचालित ४१ शाखामार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै इन्टरनेट बैंकिङ्ग, मोबाईल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग तथा आस्वा जस्ता सुविधा प्रदान गर्दै आएको छ । यसले आफ्ना २० वटा एटीएम मेशिनद्वारा समेत सेवा प्रदान गर्दै आएको छ ।