काठमाण्डौ । कोरोनाभाइरसको महामारीका कारण विश्वको ठूलो हिस्सा अहिले लकडाउनमा छ। आम्दानी नहुँदा उपभोक्ता खर्च गर्न सकिरहेका छैनन्। उद्योगधन्दा धरासायी बनेका छन्।
केही टेक्नोलोजी क्षेत्रका ठूला कम्पनीलाई भने यो विश्व महामारीको सामान्य असर पनि नपरेजस्तो देखिएको छ। यो संकटपछि ती कम्पनी झनै चम्किने पक्काजस्तै भएको छ।
पछिल्लो केही दिनमा गुगलको स्वामित्व राख्ने कम्पनी अल्फाबेट, एप्पल, फेसबुक र अमेजनको वित्तीय नतिजा सार्वजनिक भयो। जानकारअनुसार गुगल, एप्पल, फेसबुक र अमेजन अहिलेको संकटमा झनै बलिया भएका छन्।
गुगल र फेसबुक
गुगल र फेसबुक दुवै पूर्ण रुपमा विज्ञापनबाट हुने आम्दानीमा निर्भर छन्। एकातिर यो संकटमा विज्ञापन दिने कम्पनीहरुले आफ्नो मार्केटिङ बजेट कटौती गरिरहेको बेला गुगुल र फेसबुकजस्ता कम्पनीलाई समस्या हुन सक्ने तपाइँको अनुमान हुन सक्छ। जुन सही हो।
गत मार्चमा अल्फाबेटका सीईओ सुन्दर पिचाईले विज्ञापनबाट हुने आम्दानीमा अचानक ठूलो गिरावट आएको बताए। तर कम्पनीको सेयरमूल्यमा जुन उछाल देखियो, त्यसबाट यो नै अनुमान लगाउन सकिन्छ कि कम्पनीको ब्यालेन्स सिटमा सुधार सुरु भएको छ।
फेसबुकले यो कोरोनाभाइरसबाट कारण विज्ञापनबाट हुने कारोबारमा असर परेको जनाएको छ। तर यो ट्रेन्ड त पूरै त्रैमासमा देखियो कि कमाइ पहिलाजस्तै बढेको छैन। अर्कोतिर पत्रपत्रिका र टेलिभिजन च्यानलहरुका लागि कारोबारको स्थिति निकै नाजुक बनेको छ।
एप्पल र अमेजन
यसबीच एप्पलको हार्डवेयर बिजनेस अर्थात उनको फोनको बिक्रीमा गिरावट आयो तर कम्पनीको सर्भिसबाट हुने आम्दानीमा उछाल आएको छ।
अनलाइन रिटेल बिजनेसको ठूलो खेलाडी अमेजनको कारोबारमा तीव्रगतिमा बढोत्तरी आइरहेको छ। उसको क्लाउड कम्प्युटिङको व्यापारले राम्रै गति लिइरहेको छ।
यद्यपि कोरोनासँग लड्न अमेजनको खर्च पनि बढिरहेको छ। यही कारणले जेफ बेजोसले लगानीकर्ताहरुलाई चुप लाग्न चेतावनी दिनुपरेको थियो। उनले यो कुराको संकेत गरेका थिए कि नाफा नै सबै कुरा होइन।
कडा नियम लागू गर्न माग
अर्को एउटा ठूलो टक फर्म माइक्रोसफ्टका सत्या नडेलाले यसै साता उनको कम्पनीले दुई वर्षबराबरको कायापलट केवल दुई महिनामा गर्यो। कम्पनीको नतिजा निकै राम्रो आयो।
नडेलाका अनुसार क्रान्तिकारी विकासको यो प्रक्रियामा यदि तीव्रता आयो भने यो कम्पनी अझै प्रभावशाली हुनेछ।
अमेरिकी सेयर बजार अमेरिकाका पूर्वराष्ट्रपति बारक ओबामाका आर्थिक सल्लाहकार रहेका अर्थविद् ज्यासन फरम्यानका अनुसार यदि परिस्थिति यस्तै रहिरहे यी कम्पनीहरु आफ्नो स्थिति अझै दरो बनाउने दिशामा लाग्नेछन्। ‘कोरोना संकटका कारण यी कम्पनीमा नीतिनियम पालनाको दबाबमा थुरै पनि खुकुलो पारिएमा पछि सरकारलाई नै आर्थिक समस्या निम्याउन सक्छन्’, उनले भनेका छन्।
यो साता अमेरिकाकार युरोपमा यस्ता केही डरलाग्दा आर्थिक आँकडा जारी गरेका छन्। अमेरिकी सेयरबजारमा सुधार देखिएको छ। र, यो सबै टेक्नोलोजी बिजनेससँग जोडिएका कम्पनीको आम्दानीमा भएको सुधारले नै हो।
अमेजन र नेटफ्लिक्सको सेयरमूल्यमा गत मार्च १५ पछि यता ४० प्रतिशतको उछाल आइसकेको छ। – बीबीसीबाट भावानुवाद
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19