काठमाण्डौ । कोरोना कहरका कारण व्यापारमा कमी आउँदा लघुवित्त वित्तीय संस्थाहरुको लाभांशको आकार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुम्चिएको छ।
हालसम्म घोषित भएकाहरुको आँकडा हेर्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ लघुवित्तहरुले अधिकतममा ४७ प्रतिशत बढी र न्यूनतममा १० प्रतिशतसम्म लाभांश बाँडेका थिए। गत आर्थिक वर्ष २०७६/७७ मा भने लघुवित्तहरुको लाभांश अधिकतममा अधिकतममा ३० प्रतिशत र न्यूनतममा साढे १२ प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा भएका छन्। यस हिसाबले न्यूनतम लाभांशका आकारमा साढे २ प्रतिशतले बढेको देखिए पनि अधिकतममा भने १७ प्रतिशतसम्मले खुम्चिएको छ।
डेढ दर्जभन्दा बढी लघुवित्तहरुमध्ये अघिल्लो वर्षमा सबैभन्दा बढी लाभांश वितरण गरेको मिर्मिरेले गत वर्षका लागि भने सबैभन्दा कम लाभांश प्रस्ताव गरेको छ। त्यस्तै अघिल्लो वर्ष सबैभन्दा कम लाभांश प्रस्ताव गरेकोमध्ये वोमीले गत वर्षका लागि सबैभन्दा बढी लाभांश घोषणा गरेको छ।
डेढ दर्जनभन्दा बढी लघुवित्त संस्थाहरुमध्ये अघिल्लो आर्थिक वर्षमा मिर्मिरे लघुवित्तले सर्वाधिक ४५ प्रतिशत बोनस सेयर र २.३६ नगद लाभांश गरी कुल ४७.३६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। उक्त वर्ष सबैभन्दा कम भने सिभिल लघुवित्तले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो।
गत आर्थिक वर्षमा भने वोमी लघुवित्तले सर्वाधिक ३० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ। उसले नगद लाभांश नबाँड्ने भएको छ। अघिल्लो वर्ष वोमी सबैभन्दा कम लाभांश वितरण गर्नेमध्ये एक थियो।
यो वर्ष न्यूनतम लाभांश भने मिर्मिरे र आरएसडीसी लघुवित्तले समान १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। जसमा मिर्मिरेले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद तथा आरएसडीसीले ९ प्रतिशत बोनस र ३.६३ प्रतिशत नगद बाँड्नेछन्।
लघुवित्तका लाभांश घोषणा यस्ता छन्–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19