काठमाण्डौ । हिमालयन बैंक लिमीटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमै खूद नाफा १ अर्ब बढी गरी अर्ब क्लबमा प्रवेश गरेको छ । 

यो बैंकले खूद नाफातर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा २८.१३ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब २ करोड कमाएको हो । 

यो बैंकको संचालन नाफा १ अर्ब ६० करोडको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष संचालन नाफा १ अर्ब २६ करोड मात्र थियो । 

यो अवधिमा बैंकले ९१ अर्ब निक्षेप संकलन गरी ७५ अर्ब ५६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८१ अर्ब १३ करोड निक्षेप संकलन गरी ५९ अर्ब कर्जा परिचालन गरेको थियो । 

यो अवधिमा बैंकको बार्षिकीकृत प्रति सेयर आम्दानी ३५.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.६६ गुणा कायम भएको छ । 

हिमालयन बैंकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यस्तै बैंकले ७ बराबर १ को अनुपातमा हकप्रद पनि वितरण गरेको थियो । हकप्रद र बोनस सेयरको व्यवस्थापनपछि यो बैंकको चुक्तापूँजी ७ अर्ब १६ करोडको उचाईमा पुुग्नेछ ।