काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २८ करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफा २१ प्रतिशतले बढेको हो। 

चुक्तापूँजीमा भएको वृद्धि अनुसार नाफा नबढ्दा यो कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा कम्पनीको चुक्तापूँजीमा २५ प्रतिशतले वृद्धि भई ६२ करोड ८८ लाखको उचाईमा पुगेको छ । 

वार्षिकीकृत प्रतिसेयर आम्दानी ६२.५३ रुपैयाँबाट घटेर ६०.५३ रुपैयाँमा सीमित भएको छ ।

यो लघुवित्तको संचालन मुनाफा ३६ करोड ८९ लाखबाट बढेर ४४करोड ७५ लाखको उचाईमा पुगेको छ भने ६२ करोड ५४ लाखमा सीमित खूद ब्याज आम्दानीमा २२.९५ प्रतिशतको वृद्धि भई ७६ करोड ९० लाख पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीले ७ अर्ब निक्षेप संकलन गरी तथा ५ अर्ब ११ करोड सापटी लिई १३ अर्ब १३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ८१ करोड ५५ लाखमा सीमित रिजर्ब कोषको आकार बढी यो वर्ष ९८ करोड ७९ बढीको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष १.०२ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर ०.९२ प्रतिशतमा सीमित भएको छ । 

अघिल्लो वर्षको तुलनामा कम्पनीको कस्ट अफ फण्ड बढेको छ भने प्रतिसेयर नेटवर्थ २५७.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.६६ गुणा कायम भएको छ ।