– रेखा चन्द
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यथोचित मौद्रिक नीति ल्याउने बताएका छन्।
म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आज काठमाण्डौमा आयोजना गरेको आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा गभर्नर अधिकारीले यथोचित मौद्रिक नीति ल्याउने बताएका हुन्। ‘साना तथा मझौता उद्योग र साना उत्पादनकहरु मारमा नपर्ने गरी नीति ल्याउँछौँ’, उनले भने।
आर्थिक स्रोतहरु प्रयोग नभए मुलुक आयातमै निर्भर रहने पनि गभर्नर अधिकारीले बताए। ‘स्रोतहरु छन्तर अड्किएका छन्’, उनले भने, ‘बैंकहरुबाट मात्र अपेक्षा गरेर हुँदैन, निजी क्षेत्रको सहयोग बिना ८ प्रतिशतको ग्रोथ सम्भव छैन।’
हाल बैंकहरुमा ५० खर्बको रिसोर्स रहेको गभर्नर अधिकारीले बताए। ‘सीआआर घटेर ३ प्रतिशतमा आएको छ’, उनले भने, ‘एसएलआर पनि बढाएका छैनौँ।’
गभर्नर अधिकारीले सहजताका लागि सीसीडी रेसियोलाई सीडी रेसियोमा ल्याएको स्पष्ट पारेका छन्। ‘८० प्रतिशत सीसीडीलाई ८५ प्रतिशतमा लगियो, पछि सीडी रेसियो ल्यायौँ’, उनले भने, ‘यो सहजताका लागि गरिएको हो।’
कोभिड महामारीबीच राष्ट्र बैंकले सहजता प्रदान गरेको पनि गभर्नर अधिकारीले दाबी गरे। ‘जसका कारण कोभिडको बेला पनि अर्थतन्त्र रिकभर हुन सक्यो’, उनले भने।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19