काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र एनआइसी एशिया बैंक लिमिटेडबीच ‘गरिमा रेमिट’ र ‘एनआई सी एशिया रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
जेठ २४ गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायबमहाप्रबन्धक माधवप्रसाद उपाध्याय र एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात एनआइसी एशिया बैंक लिमिटेडका देशभरका २१० वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट एनआइसी एशिया रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मागर्न सकिने बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago