काठमाण्डौ । गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयाँ व्यवस्था सुरु गरेको छ ।

संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्वारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ । अब विदेशमा रहने सेवाग्राहीले आफैं खाता खोली आफ्नै खातामा जम्मा हुने गरी रकम पठाउन समेत सकिने बैंकले जनाएको छ । 

बैंकमा अनलाइनबाट खाता खोल्ने तरिका यसअनुसार छ:

  • गरिमा विकास बैंकको वेबसाइट www.garimabank.com.np मा जाने ।
  • Online Account Opening (https://onlineaccount.garimabank.com.np/) लाई Click  गर्ने ।
  • उपयुक्त खाताको प्रकार छनौट गर्न (Apply Now) मा Click गर्ने ।
  • अनुरोधबमोजिम आफ्नो विवरण भरी कागजात Upload  गर्ने।
  • E-mail मा आउने जानकारीको आधारमा सुविधा उपयोग गर्ने।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९१ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।