Garima Bikas Bank
काठमाण्डौ । गरिमा विकास बैंकले दशैंअघि नै सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले आगामी असोज २६ गते आफ्नो १२ औं वार्षिक साधारणसभा पोखराको होटल पोखरा ग्राण्डमा आह्वान गरेको हो ।
साधारणसभा संचालक समितिले गरेको प्रस्ताव अनुसार १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश वितरणको अजेण्डा प्रस्तुत हुनेछ ।
यस्तै, यो बैंकले समेत भविष्यमा हुनसक्ने मर्जर तथा एक्वीजिसनको बाटो खुल्ला राख्ने अजेण्डालाई समेत सभामा पेश गर्नेछ ।
चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति, आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित लगायतका अजेण्डा समेत समेटिएका छन् ।
साधारणसभा प्रयोजनका लागि बैंकले आगामी असोज १२ गतेदेखि बुक क्लोज गर्नेछ । यसको अर्थ साधारणसभामा सहभागी हुन चाहनेले असोज ११ गतेभित्र यो बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19