काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ८६ करोड ७२ लाख रुपैयाँको कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ९.१ प्रतिशतले हुन आउने ७ करोड ८९ लाख १५ हजार २०० रुपैयाँबराबरको बोनस सेयर र ३.९ प्रतिशतले हुन आउने ३ करोड ३८ लाख २० हजार ८०० रुपैयाँको नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २७ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।