काठमाण्डौ । गत आर्थिक वर्षका लागि नगद लाभांशमात्र प्रस्ताव गरेको गुडविल फाइनान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

फाइनान्सको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते मंगलबार काठमाण्डौको हात्तीसारस्थित गुडविल कम्प्लेक्समा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरिएको चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन हुनेछ ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन् ।