काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार फाइनान्सले समीक्षा अवधिसम्म ६ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ८६.४४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म फाइनान्सले ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिसम्म फाइनान्सले ८ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिसम्म फाइनान्सले ४ करोड ९७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

दोस्रो त्रैमाससम्म फाइनान्सले खुद ब्याज आम्दानीबापत ११ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म फाइनान्सले खुद ब्याज आम्दानीबापत ११ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको थियो । 

समीक्षा अवधिमा फाइनान्सले ७ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा फाइनान्सले ६ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

समीक्षा अवधिसम्म फाइनान्सले रिजर्भको आकार १११.१० प्रतिशतले बढाएको छ । गत वर्ष यही अवधिसम्म १६ करोड ६३ लाख रुपैयाँ रहेको फाइनान्सको रिजर्भमा बढेर ३५ करोड १२ लाख रुपैयाँ जम्मा भएको छ । 

फाइनान्सको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.८१ रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा फाइनान्सको ईपीएस ६.०९ रुपैयाँ रहेको थियो ।फाइनान्सको पीई रेसियो २१.६६ गुणा रहेको छ । जब कि गत वर्ष यही अवधिमा फाइनान्सको पीई रेसियो ९.३८ गुणा रहेको थियो ।