काठमाण्डौ । गुड्विल फाइनान्सले आफ्ना लगानीकर्तालाई ५.२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

फाइनान्सको पुस ११ गते बसेको संचालक समितिको ३२४ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट करअघिको प्रतिसेयर नगद लाभांश ५.२६३ प्रतिशत वितरणको प्रस्ताव गरेको हो । 

कम्पनीले गरेको प्रस्ताव अनुसार ४ करोड २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ नगद लाभांश वितरण गर्नुपर्नेछ । 

नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी २४ औं वार्षिक साधारणसभाले पारित गरेपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् ।
अघिल्लो वर्ष यो कम्पनीले १०.१९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।