काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले वार्षिक साधारणसभा मंसिर १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित राज भवनमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल ५.७९ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५.५ प्रतिशत बोनस सेयर र बाँकी ०.२९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतका दस्तावेज छलफल गरी अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।