काठमाण्डौ। गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न ११ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २)७५÷७६ का लागि प्रस्तावित लाभांश पारित भएको छ।
काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कम्फ्रेन्सका माध्यमबाट सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गरेको हो। जसमा हाल कायम चुक्तापुाजी रु. १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० को ५.५००४१७४ प्रतिशतले हुने आउने रकम रु. १० करोड ८६ लाख ६५ हजार ४०० बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२८९४९५६६ प्रतिशत रु. ५७ लाख १९ हजार २३१.५७ नगद लाभांश छन्।
बोनस सेयर वितरण गर्दा हुन आउने दशमलबपछिको अंक सेयर र पहिला यथावत कायम रहेको दशमलबपछिको अंक सेयरसमेत थप गर्दा १ कित्ता सेयर दिन सकिने भएमा सो दिई बाँकी रहन आउने दशमलबपछिको अंक सेयरलाई यथावत राख्ने प्रस्तावसमेत पारित गरेको छ।
बोनस सेयर जारीपश्चात वृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोहीअनुरुप वृद्धि गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन एवं स्वीकृतिका लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सोबमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19