काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आउँदो कात्तिक ४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७६-७७ का लागि प्रस्तावित कुल ७.८३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश छन्।
सभाले युनियन लाइफ र प्राइम लाइफसँगको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ । आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ।
लाभांश र वार्षिक सभा प्रयोजनका लागि कम्पनीले यही असोज २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २५ गतेसम्म कायम रहने सेयरधनीमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago