 
                     
                                
                             
                                    काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा अहिले देखिएको समस्या उच्च ब्याजदरका कारण नभएको जिकिर गरेका छन्।
काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन्। फागुनसम्मको तथ्यांकलाई हेर्दा ब्याजदर घट्दै जाने संकेत देखिएको उल्लेख गर्दै उनले ब्याजदर निर्धारणमा राष्ट्र बैंकले हस्तक्षेप नगर्ने प्रस्ट पारे। ‘ब्याजदर निर्धारणको विषय बजारलाई छाडेको धेरै वर्ष भयो’, उनले भने, ‘२०४६ सालबाटै राष्ट्र बैंकले ब्याजदर हस्तक्षेप गरेको छैन। सामान्य इन्टरभेन्सन गर्नु ठूलो विषय भएन, तर तरलता सहज हुँदा ब्याजदर घट्ने, असहज हुँदा बढ्ने सामान्य नियम सबैले बुझ्न आवश्यक छ।’
अधिकारीले गत वर्ष अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको विकराल समस्या राष्ट्र बैंकको सही नीतिका कारण समाधान भएको दाबीसमेत गरे। ‘गत वर्ष निन्द्रा पनि लाग्दैन थियो, जीडीपीको १२.८ प्रतिशत चालु खाता घाटा पुगिसकेको थियो, जुन डरलाग्दो थियो’, उनले भने, ‘तर, अब हामी बाउन्स ब्याक भइसकेका छौँ। यो सुधारलाई बचाएर लानुपर्छ।’
गभर्नर अधिकारीले आर्थिक र वित्तीय सूचकहरु सुधारिएको भए पनि समाजले अनुभूत हुने गरी परिवर्तन भइनसकेको स्वीकार गरे। ‘ब्याज धेरै भएर होइन, आर्थिक गतिविधि नभएर अहिलेको समस्या आएको हो’, उनले भने, ‘व्यवसायको अन्य लागत हेर्दैनौँ, कुनै प्रडक्ट उत्पादन गर्दा त्यसमा लाग्ने खर्चभित्र ब्याज कस्ट कति हुन्छ कसैले सोधीखोजी गर्दैनन्।
उनले थपे, ‘हिजोको दिनमा पनि १३ प्रतिशतभन्दा माथि ब्याजदर थियो। तर, त्यतिबेला आर्थिक क्रियाकलाप सहज थियो।’
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19