काठमाण्डौ । नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ।

नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको सम्भावनालगायतका विषयमा केन्द्रित रहेर यही पुस ८ र ९ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनबीच अन्तर्क्रिया तथा छलफल कार्यक्रम नाडाका पूर्वअध्यक्षहरुसमेतको उपस्थितिमा चितवनको पार्क सफारी रिसोर्टमा भव्य रुपमा सम्पन्न भएको छ। 

भेलाले बैंकहरुको उच्च ब्याज दरलगायत चालु पुँजी कर्जा लागू गरेको, जोखिम भार र एलसी मार्जिनलगायतका विषयहरुमा समेत छलफल गरेको थियो।